You are viewing the translated version of सूचक संस्था वा अन्य निकायको दायित्व.

Section 69
सूचक संस्था वा अन्य निकायको दायित्व
(१) गृह मन्त्रालयले सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको अद्यावधिक सूची र पछिल्लो परिवर्तित सूचीको जानकारी वेबसाइट वा सप्स्क्रिप्सन वा सफ्टवेयरमार्फत सूचक संस्था, अनुसन्धानकारी निकाय र नियमनकारी निकायलाई तत्काल उपलव्ध गराउनु पर्नेछ।

(२) सूचक संस्थाले सूचीबाट हटेको सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको विवरणको सूची छुट्टै अभिलेख राखी मौजुदा सूचीबाट हटाउनु पर्नेछ।

(३) नियमनकारी निकायले एकल वा संयुक्त रूपमा ऐनको परिच्छेद-६ख.. र यस परिच्छेद बमोजिमको सूचक संस्थाको दायित्व सम्बन्धी मार्गदर्शन जारी गर्न सक्नेछ।

(४) ऐन वा यस नियमावली बमोजिम कुनै व्यक्ति, समूह वा सङ्गठनको- नाम, ठेगाना तथा सोसँग सम्बन्धित अन्य विवरण गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक हुनासाथ सूचक संस्था वा अन्य सम्बन्धित निकायले त्यस्तो व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध कुनै व्यक्ति, समूह वा सङ्गठनसँग आफ्नो कारोबारको तथ्याङ्क (डेटाबेस) मा भए वा नभएको नियमित रूपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नु पर्नेछ।

(५) सूचक संस्था वा अन्य सम्बन्धित निकायले उपनियम (४) बमोजिम तथ्याङ्क आधार (डेटाबेस) मा खोज गर्दा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा सङ्गठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा ऐनको दफा २९छ. बमोजिम तत्काल रोक्का राख्नु पर्नेछ।

(६) सूचक संस्था वा अन्य सम्बन्धित निकायले ऐन तथा यस नियमावली बमोजिम गर्नु पर्ने आफ्नो काम कारबाहीलाई प्रभावकारी कार्यान्वयन गर्न यस सम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत आधार लिन सक्नेछ ।

(७) सूचक संस्थाले अनुपालना सम्बन्धमा ऐनको परिच्छेद-६ख,. र यस परिच्छेद बमोजिम गरिएका काम कारबाहीको प्रतिवेदन तयार गर्नु पर्नेछ।